पुर्खाले प्राचीन समयदेखि सूर्यलाई आदिदेवका रूपमा पूजा गर्दै आएका छन् : प्रधानमन्त्री

हिमाल प्रेस २२ कार्तिक २०८१ ८:०५
6
SHARES
पुर्खाले प्राचीन समयदेखि सूर्यलाई आदिदेवका रूपमा पूजा गर्दै आएका छन् : प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले पुर्खाहरूले प्राचीन समयदेखि नै सूर्यलाई आदिदेवका रूपमा पूजा गर्दै आएको स्मरण गरेका छन्।

छठ पर्वको शुभकामना दिँदै उनले प्रकृति, मानिस र अन्य जीवहरूको अस्तित्व सूर्यसँग जोडिएको उल्लेख गरे। सूर्यलाई ग्रहहरूले गर्ने परिक्रमाबाट नै समयको मापन सुरु भयो। हाम्रा पुर्खाहरूले प्राचीन समयदेखि नै सूर्यलाई आदिदेवका रूपमा पूजा गर्दै आएका छन्।

सूर्यको उपासना गरी मनाइने पवित्र पर्व छठको अवसरमा सबैलाई शुभकामना उनले शुभकामना सन्देशमा भनेका छन्। छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर शुभ हुँदै जाने जनविश्वास रहेको छ।

प्रकाशित: २२ कार्तिक २०८१ ८:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast