प्रधानमन्त्री भन्छन् : नेपालीलाई विभाजित गरी अराजकता फैलाउनेहरू सक्रिय छन्

हिमाल प्रेस १३ कार्तिक २०८१ १३:३६
8
SHARES
प्रधानमन्त्री भन्छन् : नेपालीलाई विभाजित गरी अराजकता फैलाउनेहरू सक्रिय छन् फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीलाई विभाजित बनाउनेहरू सक्रिय भइरहेको आरोप लगाएका छन्। ओलीले विभिन्न नाममा नेपाली मनलाई विभाजित गर्ने र अराजकता तथा साम्प्रदायिक विद्वेष मच्याउने प्रयास भइरहेका आराेप लगाएका हुन्।

सशस्त्र प्रहरी बल सिसं–१६, सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई आज काठमाडौँमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अराजक क्रियाकलापलाई मौलाउन नदिइने बताए। उनले भने,  ‘अराजक र कानुन विपरीतका क्रियाकलाप सफल हुन त के मौलाउन पनि दिँदैनौँ।’

उनले प्राकृतिक विपद्लगायत अन्य परिस्थितिलाई सामना गर्दै मुलुकको शान्ति स्थापना कार्यमा तैनाथ हुन लागेकामा सहभागी प्रहरी अधिकृतलाई शुभकामना दिए।सशस्त्र प्रहरी बललाई प्रभावकारी बनाउन र सुविधा बढाउने विषयमा कानुनमा आवश्यक संशोधनको तयारी भइरहेको पनि उनले बताए।

प्रधानमन्त्री ओलीले सीमा क्षेत्रको सुरक्षालाई सशस्त्र प्रहरीले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै सङ्गठनको क्षमता, उचाइ र कामलाई अझ माथि उठाउन आग्रह गरे।

कार्यक्रममा गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मी, मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललगायतको उपस्थिति थियो। तालिमबाट ४५ प्रशिक्षार्थी सफल भई कार्यक्षेत्रमा खटिन तयार भएका छन्।

प्रकाशित: १३ कार्तिक २०८१ १३:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast