घूस लिने वडा अध्यक्ष अख्तियारको फन्दामा

हिमाल प्रेस १२ कार्तिक २०८१ १५:३७ | Monday, October 28, 2024
घूस लिने वडा अध्यक्ष अख्तियारको फन्दामा

काठमाडौँ- झापाका एक वडाध्यक्षविरुद्ध सेवाग्राहीसँग घूस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार भ्रष्टाचार मुद्दा चलाएको छ।

झापा जिल्ला बुद्धशान्ति गाउँपालिका–२ वडाध्यक्ष डिल्लीप्रसाद ओलीले सेवाग्राहीसँग ८० हजार रुपैयाँ घूस लिएको ठहरिएपछि मुद्दा चलाएको हो। उनीविरुद्ध ८० हजार रुपैयाँ बिगो कायम गरी त्यही बराबर जरिवाना समेत असुल गर्र्नुपर्ने र कैद हुनुपर्ने दाबी पनि आयोगको छ।

आयोगका अनुसार, सेवाग्राहीसँग जग्गा पास तथा लेनदेन सिफारिससम्बन्धी कामका लागि घूस लिइसकेपछि आयोगले नियन्त्रणमा लिएको थियो। जग्गा पास गर्नेसम्बन्धी वडा कार्यालयमा भएको सहमति निर्णय कार्यान्वयन गराउने क्रममा घूस लिएका थिए।

आयोगको अनुसन्धानबाट घूस लिएको ठहर भएको प्रमाणित भएको थियो। आयोगले मुद्दा चलाएसँगै वडाध्यक्ष ओली स्वतः निलम्बनमा पर्नेछन्।

प्रकाशित: १२ कार्तिक २०८१ १५:३७ | Monday, October 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast