१०० दिनको प्रगति विवरण सार्वजनिक गर्दै सरकार

हिमाल प्रेस ७ कार्तिक २०८१ ९:३७
20
SHARES
१०० दिनको प्रगति विवरण सार्वजनिक गर्दै सरकार केपी ओली । फाइल तस्बिर

काठमाडौँ- सरकारले १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ। सत्ता साझेदार दलहरूको बैठक अहिले केही बेरमा बस्दैछ। बैठकमा सरकार निर्माणका १०० दिनको समीक्षा हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो साढे २ बजे सिंहदरबारबाट आफू नेतृत्वको सरकारको १०० दिने उपलब्धि सार्वजनिक गर्ने कार्यक्रम तय भएको हो।

यसअघि प्रधानमन्त्री ओलीले मन्त्रीहरूसँग उनीहरूले १०० दिनमा गरेका प्रगतिबारे विवरण लिइसकेका छन्। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढलेपछि ओली प्रधानमन्त्रीमा नियुक्त भएका थिए।

३० असारमा प्रधानमन्त्री नियुक्त भएका ओलीले १०० दिन पूरा गरेपछि प्रगति विवरण सार्वजनिक गर्न लागेका हुन्।

प्रकाशित: ७ कार्तिक २०८१ ९:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =