बाढीपहिरो र डुबानबाट शिक्षा क्षेत्रमा असर [यस्तो छ विवरण]

हिमाल प्रेस १६ असोज २०८१ १३:१८
100
SHARES
बाढीपहिरो र डुबानबाट शिक्षा क्षेत्रमा असर [यस्तो छ विवरण]

काठमाडौँ- बिहीबारदेखिको अविरल वर्षापछि आएको बाढीपहिरोबाट १७ जना विद्यार्थीको मृत्यु भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ। बाढीपहिरो तथा डुबानका कारण देशभरका १३४ विद्यालयमा क्षति पुगेको मन्त्रालयले सार्वजनिक गरेको छ।

मन्त्रालयले बाढीपहिरो र डुबानबाट शिक्षा क्षेत्रमा परेको तीन दिनको असरको विवरण अनुसार हालसम्म १७ जना विद्यार्थीको मृत्यु भएको हो। जसमा बुटवलको कालिका मानवज्ञान माविका दीपेश अधिकारी र दीपिका अधिकारीसहित उनीहरूको आमाको झ्याप्ले खोलाको पहिरोमा परी मृत्यु भएको मन्त्रालयले विवरणमा उल्लेख गरेको छ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित बत्सलादेवी माविको छात्रावासमा रहेका ६ जना विद्यार्थीको पहिरोमा पुरिएर र बनेपाको आशापुरेश्वर आधारभूत विद्यालयमा अध्ययनरत एक छात्राको घरमा सुतिरहेको समयमा पहिरोमा पुरिएर मृत्यु भएको शिक्षा मन्त्रालयले जारी गरेको विवरणमा उल्लेख छ।

यस्तै, काभ्रेको तेमाल गाउँपालिकास्थित कुशेश्वर माविमा अध्ययनरत १ जना र सर्वोद्वार माविका २ जना विद्यार्थीको पहिरोमा पुरिएर परिवारसहित मृत्यु भएको छ। काभ्रेकै पनौती नगरपालिकास्थित श्रीराम माविमा कक्षा १२ मा अध्ययनरत एक विद्यार्थीको समेत पहिरोमा परी मृत्यु भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयको विवरणमा ललितपुरको कोन्ज्योसोम गाउँपालिकास्थित गोठभन्ज्याङ् माविमा अध्ययनरत २ जना विद्यार्थीको मृत्यु भएको छ।

भक्तपुरको सूर्यविनायक नरगपालिकास्थित जोरपाटी माविका एक विद्यार्थीको पहिरोमा परी आफ्नै घरमा मृत्यु भएको छ। दोलखाको भीमेश्वर नगरपालिकास्थित अल्पाइन विद्यालयमा अध्ययनरत एक विद्यार्थीको घर भत्किँदा मृत्यु भएको विवरणमा उल्लेख छ।

शिक्षा मन्त्रालयले प्रधानमन्त्री कार्यालयमा पठायो बाढीपहिरोबाट शिक्षा क्षेत्रमा परेको असरको विवरण

यस्तो छ विवरण

प्रकाशित: १६ असोज २०८१ १३:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =