काठमाडौँ-चलचित्र विकास बोर्डले नेपाली चलचित्र क्षेत्रसँग सम्बन्धि कार्यक्रमका लागि निःशुल्क हल उपलब्ध गराउने भएको छ। बोर्डले नेपाली फिल्मको प्रेस मिट, गीत र ट्रेलर रिलिजजस्ता कार्यक्रम गर्न दुई घण्टा आफ्नो हल निःशुल्क उपलब्ध गराउने निर्णय गरेको हो।
चलचित्र विकास बोर्ड सदस्य रवि अधिकारीले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन्। अहिले बोर्ड अध्यक्षमा दिनेश डिसी छन्। बोर्डले आफ्नै भवनमा विभिन्न प्रयोजनका लागि अत्याधुनिक हल सञ्चालन गरेको छ। उक्त हलमा बोर्डका आन्तरिक कार्यक्रमसहित विदेशी चलचित्रको सेन्सर प्रदर्शन तथा भाडामा दिने गरिन्छ।
प्रकाशित: १४ असोज २०८१ १२:२१ | Monday, September 30, 2024
प्रतिक्रिया





