अमेरिकाबाट सुरक्षाकर्मीहरूलाई ओलीको निर्देशन : मद्तका लागि तयार अवस्थामा रहनु होला

हिमाल प्रेस १२ असोज २०८१ ९:४६
16
SHARES
अमेरिकाबाट सुरक्षाकर्मीहरूलाई ओलीको निर्देशन : मद्तका लागि तयार अवस्थामा रहनु होला

काठमाडौं- अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आपतकालीन मद्तका लागि तयार अवस्थामा रहन सुरक्षाकर्मीहरूलाई निर्देशन दिएका छन्।

संयुक्त राष्ट्र संघको सभामा भाग लिन अमेरिकामा रहेका उनले सामाजिक सञ्जालमार्फत सुरक्षाकर्मीहरूलाई यस्तो निर्देशन दिएका हुन्।

‘सबै सुरक्षा निकायका सुरक्षाकर्मी साथीहरू आपतकालीन मद्तका लागि तयारी अवस्थामा रहनु होला,’ ओलीले सामाजिक सञ्जालमा लेखेका छन्।

नेपालमा देशभर भारी वर्षाले बाढी, पहिरो र डुबानका खबरहरू आफूले सामाजिक सञ्जाल र मिडियामार्फत सुनिरहेको उनले बताएका छन्।

ओलीले भनेका छन्,‘यतिबेला नेपालमा देशभर भारी वर्षाले बाढी, पहिरो र डुबानका खबरहरू सामाजिक सञ्जाल र मिडियामार्फत सुनिरहेको, हेरिरहेको छु। नेपालमा झरी पर्दा यता मनमा पहिरो गएजस्तो भइरहेको छ। भेल, बाढी र पहिरो जोखिमयुक्त ठाउँमा रहनुभएका सबैले सुरक्षा सतर्कता अपनाउनुहोला, अत्यावश्यकबाहेक लामो दूरीको यात्रामा ननिस्कनु होला।’

प्रकाशित: १२ असोज २०८१ ९:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 5 =