शिक्षा सुधार : ‘घोकन्ते होइन संस्कारमुखी शिक्षा आवश्यक’

हिमाल प्रेस ११ असोज २०८१ ८:३९
150
SHARES
शिक्षा सुधार : ‘घोकन्ते होइन संस्कारमुखी शिक्षा आवश्यक’

पोखरा- गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले संस्कारमुखी शिक्षा आवश्यक रहेको बताएका छन्।

शिक्षा विकास निर्देशनालय पोखराद्वारा आयोजित माध्यमिक शिक्षा परीक्षा कक्षा १० को अभिलेख संशोधन र शैक्षिक तथ्यांकसम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले घोकन्तेभन्दा संस्कारमुखी शिक्षा आवश्यक रहेको बताएका हुन्।

मन्त्रालयले यस आर्थिक वर्षको बजेटमा व्यावसायिक र नैतिकवान् शिक्षालाई जोड दिएको बताउँदै उनले ‘फ्राइडे फर फ्युचर’, सिक्दै कमाउँदै, अभिभावक शिक्षालगायत कार्यक्रमलाई समेटिएको बताए।

शिक्षा क्षेत्रमा सुधार ल्याउन अभिभावकमुखी शिक्षा आवश्यक भएको बताउँदै उनले भने,‘मन्त्रालयले राखेको अभिभावकमुखी शिक्षा नयाँ कार्यक्रम हो। यसलाई प्रभावकारी बनाउन आवश्यक छ। शैक्षिक क्षेत्रलाई सुदृढीकरण गर्न यस्ता कार्यक्रमले मद्दत पुग्छ।’

तथ्यांकको विश्वसनीयतामा शंका नआउनेगरी यथार्थपरक तथ्यांक उपलब्ध गराउनुपर्ने बताउँदै उनले तीनवटै तहको सरकार मिलेर शिक्षा क्षेत्रमा सुधार ल्याउन सकिने धारणा राखे।

गण्डकी प्रदेश सरकारका प्रमुख सचिव रघुराम विष्टले कक्षा १० का विद्यार्थीको ‘सर्टिफिकेट’मा नामथर, जन्ममितिका बारेमा ध्यान दिन आवश्यक रहेको बताए। यसका लागि अभिभावकमुखी शिक्षा प्रभावकारी हुने बताउँदै उनले सही तथ्यांकको आवश्यकतामा जोड दिए।

सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका निमित्त सचिव तोयानाथ लम्सालले प्रदेशस्तरमा शैक्षिक तथ्यांकको विश्वसनीयता बढाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जानकारी दिए।

प्रकाशित: ११ असोज २०८१ ८:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast