ईसीडी चारबर्से होइन, एकबर्से बनाउनुपर्छ : शिक्षामन्त्री भट्टराई

हिमाल प्रेस ११ असोज २०८१ ६:५२ | Friday, September 27, 2024
ईसीडी चारबर्से होइन, एकबर्से बनाउनुपर्छ : शिक्षामन्त्री भट्टराई फाइल तस्बिर

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले बालविकास शिक्षालाई एकबर्से बनाउन मन्त्रालयले गृहकार्य गरिरहेको बताएकी छन्।

केही दिनअगाडि एक सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले संस्थागत विद्यालयले बालविकासलाई पीजी, नर्सरी, एलकेजी र यूकेजी गरी चार तह (चारवर्ष) मा पढाइरहेको बताउँदै त्यसलाई एकबर्से बनाउने गरी मन्त्रालयले गृहकार्य गरिरहेको बताइन्।

‘हामीले सार्वजनिक शिक्षा राम्रो बनाउन कोसिस गरिरहेका छौं। अब यसलाई बदल्नुपर्छ। अनिवार्य तथा निःशुल्क शिक्षा ऐनले बालविकास शिक्षा एक वर्षको मात्र भनेको छ। त्योभन्दा अगाडि बालबालिकालाई चायल्ड केयर रूपमा हुर्कने वातावरण दिनुपर्छ। हामीले मन्टेश्वरी त्यहाँ पनि पढाउने खालका अभ्यास गरिरहेका छौं,’उनले भनिन्।

मन्त्री भट्टराईले बालविकास शिक्षालाई मजबुत बनाएर जानुपर्ने बताउँदै त्यसका लागि मन्त्रालयले गृहकार्य गरिरहेको बताइन्।

प्रकाशित: ११ असोज २०८१ ६:५२ | Friday, September 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast