आज राति कोशी, मधेश र बागमतीमा भारी वर्षा हुन्छ : मौसम विभाग

हिमाल प्रेस ७ असोज २०८१ ६:१७ | Monday, September 23, 2024
आज राति कोशी, मधेश र बागमतीमा भारी वर्षा हुन्छ : मौसम विभाग फाइल तस्बिर।

काठमाडौँ- मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। देशभर मनसुनी वायुको प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।

देशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज राति कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका एकदुई स्थानमा धेरै वर्षाको पनि सम्भावना रहेको छ।

वर्षाको सम्भावना रहेका क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ। भोलि मंगलबार पनि देशभर आंशिक देखि साधारणतया बदली रहने छ। सम्पूर्ण प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा धेरै वर्षाको पनि सम्भावना रहेको छ।

प्रकाशित: ७ असोज २०८१ ६:१७ | Monday, September 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast