कति छ आज तरकारीको भाउ?

हिमाल प्रेस ३ असोज २०८१ ९:३८ | Thursday, September 19, 2024
कति छ आज तरकारीको भाउ? काठमाडौँको कालीमाटीस्थित तरकारी बजार। तस्बिर : हिमाल प्रेस

काठमाडौँ- फलफूल तथा तरकारी बजार विकास समिति कालिमाटीले आज (बिहीबार) कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ।

कालिमाटीमा आज केही तरकारीको मूल्य घटेको छ भने कतिपय तरकारी हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको छ। कालिमाटीमा आज सानो गोलभेँडा, सेतो मुला, लाम्चो भेन्टा, स्कुस, च्याउ, ब्रोकाउली, प्याजसहितका तरकारीको मूल्य केही घटेको छ।

कालिमाटीमा आज भारतीय ठूलो गोलभेँडा ६५, सानो नेपाली गोलभेँडा २२, रातो आलु ७२, भारतीय रातो आलु ५६, मुडेको आलु ६०, भारतीय सुकेको प्याज ११२, लोकल गाँजर ११०, तराईको गाँजर ९५, लोकल बन्दा ४५, तराईको बन्दा ३५, स्थानीय काउली ८५ रुपैयाँ प्रतिकिलो छ।

त्यसैगरी सेतो मुला २२, लाम्चो भन्टा २७, डल्ले भन्टा ३५, तने बोडी ६५, मकै बोडी ७५, करेला ५५, लौका ४५, परबल ५५, चिचिन्डो २७, परबल ६५, घिरौँला ६५, हरियो फर्सी ३५, भिन्डी ४५, स्कुस २५, कन्य च्याउ १४०, डल्ले च्याउ ३२६, कुरिलो ४५०, ब्रोकाउली ९५ रुपैयाँ प्रतिकिलो छ। यो सबै औसत मूल्य हो।

कालिमाटीमा हिजो भारतीय ठूलो गोलभेँडा ६५, सानो नेपाली गोलभेँडा २२, रातो आलु ७२, भारतीय रातो आलु ५५, मुडेको आलु ६०, भारतीय सुकेको प्याज ११५, लोकल गाँजर ११०, तराईको गाँजर ९५, लोकल बन्दा ४५, तराईको बन्दा ३५, स्थानीय काउली ९५ रुपैयाँ प्रतिकिलो थियो।

त्यसैगरी सेतो मुला २२, लाम्चो भन्टा २७, डल्ले भन्टा ३५, तने बोडी ५५, मकै बोडी ७५, करेला ५५, लौका ४५, परबल ५५, चिचिन्डो २७, घिरौँला ५५, हरियो फर्सी ३५, भिन्डी ३५, स्कुस २५, कन्य च्याउ १६३, डल्ले च्याउ ३२६, कुरिलो ४२६, ब्रोकाउली ११० रुपैयाँ प्रतिकिलो थियो।

प्रकाशित: ३ असोज २०८१ ९:३८ | Thursday, September 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast