२० युवालाई राप्रपाले बनायो केन्द्रीय सदस्य

हिमाल प्रेस २ असोज २०८१ ६:२० | Wednesday, September 18, 2024
२० युवालाई राप्रपाले बनायो केन्द्रीय सदस्य

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ४० वर्षमुनिका २० युवालाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। राप्रपाको नवीन राप्रपा कार्ययोजना अन्तर्गत ४० वर्षमुनिका २० युवालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए।

पार्टीका उपाध्यक्ष ध्रुबबहादुर प्रधान संयोजक रहेको छनौट समितिले विभिन्न मापदण्डका आधारमा अन्तर्वार्ता लिएपछि १० पुरुष र १० महिलालाई पार्टीको केन्द्रीय सदस्य पदमा छनौट गरेको उनले बताए ।

पुरुष १० तर्फ दार्चुलाका अशोक सिंह सम्राट, कैलालीका लोकेन्द्र कुँवर, काठमाडौँका बिनोद श्रेष्ठ, कास्कीका अरुण गिरी, सिन्धुपाल्चोकका ईन्जिनियर गोपीकृष्ण चौलागाई, दाङ्गका शिवकुमार चौधरी, सुर्खेतका रविकिरण हमाल, पश्चिम नवलपरासीका नवतीत कुमार मिश्र, काठमाडौँका समीर शर्मा र युके प्रवासका डा‍।डेभिड थापा छनोट भएका छन् ।

यसैगरी महिला १० तर्फ धादिङकी बिना लामा, पर्साकी बिना जयसवाल, सिन्धुपाल्चोककी लक्ष्मी (नानी) थापा, सुनसरीकी नजियाँ खातुन मिया, ललितपुरकी ईञ्जिनियर सजिना कार्की, सल्यानकी मा।अनिशा नेपाली, तनहुँकी रेजिना श्रेष्ठ, काभ्रेपलाञ्चोककी ईञ्जिनियर दीपा श्रेष्ठ, मिस नेपाल वर्ल्ड २०२४, काठमाण्डौंकी आश्मा कुमारी केसी र हुम्लाकी तारा जैसी रहेका छन्।

राप्रापाले पार्टी संगठनको कार्यशैलीमा व्यापक सुधारको नीति अघि सारेको छ । जसअुनसार सो पार्टीले एक वर्षमा दुई लाख सक्रिय सदस्य पुर्‍याउने लक्ष्य छ।

प्रकाशित: २ असोज २०८१ ६:२० | Wednesday, September 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast