कति छ आज तरकारीको मूल्य?

हिमाल प्रेस २९ भदौ २०८१ ९:२२ | Saturday, September 14, 2024
कति छ आज तरकारीको मूल्य? काठमाडौँको कालीमाटीस्थित तरकारी बजार। तस्बिर : हिमाल प्रेस

काठमाडौँ- फलफूल तथा तरकारी बजार विकास समिति कालिमाटीले आज (शनिबार) कालिमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरूको मूल्यसूची सार्वजनिक गरेको छ।

कालिमाटीमा आज केही तरकारीको मूल्य थोरै घटबढ भए पनि धेरैजसो तरकारी हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको छ। कालिमाटीमा आज डल्ले च्याउको मूल्य किलोमै ५० रुपैयाँ बढेको छ। हिजो प्रतिकिलो २५० रुपैयाँ रहेको डल्ले च्याउको मूल्य तीनसय रुपैयाँ छ।

कालिमाटीमा आज ठूलो भारतीय गोलभेँडा ६५, सानो लोकल गोलभेँडा २३, सुकेको भारतीय प्याज ११७, लोकल गाँजर ११०, सेतो मुला २२, लोकल बन्दा ५५, स्थानीय काउली ९८, लाम्चो भन्टा ३५, तने बोडी ५५, मकै बोडी ७५, करेला ५५, घिरौँला ५५, फर्सी ४५, भिन्डी २५, स्कुस २५, पालुंगोको साग १७६, रायोको साग १५०, कन्य च्याउ १९६, डल्ले च्याउ ३०० रुपैयाँ प्रतिकिलो छ।

कालिमाटीमा हिजो ठूलो भारतीय गोलभेँडा ६५, लोकल गोलभेँडा २५, रातो आलु ७०, सुकेको भारतीय प्याज १२३, लोकल गाँजर ११०, तराईको गाँजर ८५, लोकल बन्दा ५५, तराईको बन्दा ४५, स्थानीय काउली ९५, ज्यापु काउली १२५, लोकल सेतो मुला २२, करेला ६०, घिरौँला ५५, हरियो फर्सी ५५ रुपैयाँ प्रतिकिलो थियो।

त्यसैगरी रायोको साग १२६, पालुँगोको साग १३३, हरियो प्याज २२६, कन्य च्याउ २००, डल्ले च्याउ २५०, कुरिलो ४२६, ब्रोकाउली १२६, राजा च्याउ २९० रुपैयाँ प्रतिकिलो थियो।

प्रकाशित: २९ भदौ २०८१ ९:२२ | Saturday, September 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast