कोशीका पूर्व मुख्यमन्त्री केदार कार्की प्रहरीको नियन्त्रणमा, अनशनस्थल तनावग्रस्त

हिमाल प्रेस २५ भदौ २०८१ २०:३६
18
SHARES
कोशीका पूर्व मुख्यमन्त्री केदार कार्की प्रहरीको नियन्त्रणमा, अनशनस्थल तनावग्रस्त

इटहरी- कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कार्कीलाई विराटनगरस्थित प्रदेशसभा भवन अगाडि अनशनस्थलबाटै नियन्त्रणमा लिएको हो। सुरक्षाकर्मी र कार्की समर्थकबीच दोहोरो झडप भएको थियो।

झडपपछि कार्की र उनका केही समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएकाहरूको संख्या यकिन छैन।

झडपमा परेर केही अनशनकारी र प्रहरी घाइते भएका छन्। झडपका कारण प्रदेशसभा भवन नजिकको अनशनस्थल तनावग्रस्त बनेको छ।

कार्कीले प्रदेशसभा सचिवालयको गेटअगाडि उत्तरतर्फ बनसखण्डी महादेव मन्दिरनजिक अनशन सुरु गरेका थिए। उक्त स्थानमा जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञा जारी गरेको थियो। तर, त्यसलाई बेवास्ता गर्दै आफ्ना समर्थकका साथमा कार्की अनशन बस्न ४ बजे पुगेका थिए।

आफ्नो कार्यकालमा घोषणा भएका १० वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार घोषणा, शैलजा आचार्य हृदय रोग अस्पताल सञ्चालन, हात्तीसहित सबै जंगली जनावरको संरक्षणका लागि जनावरमैत्री जंगल अभियान, महिला स्वयंसेविकालाई प्रोत्साहन कार्यक्रम, विराटनगरमा केसलिया कोरिडोर निर्माण लगायतका कार्यक्रम वर्तमान सरकारले कटौती गरेको भन्दै आमरण अनशन बसेका थिए।

प्रकाशित: २५ भदौ २०८१ २०:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =