कति छ आज तरकारीको मूल्य?

हिमाल प्रेस २४ भदौ २०८१ ८:५१
12
SHARES
कति छ आज तरकारीको मूल्य?

काठमाडौँ- फलफूल तथा तरकारी बजार विकास समिति कालिमाटीले आज (सोमबार) कालिमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ।

कालिमाटीमा आज केही तरकारीको मूल्य थोरै घटबढ भए पनि धेरैजसो तरकारी हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको छ।

कालिमाटीमा आज ठूलो भारतीय गोलभेँडाको मूल्य बढ्दा नेपाली गोलभेँडाको मूल्य भने यथावत छ। त्यसैगरी च्याउको मूल्य आकाशिएको छ भने ब्रोकाउली केही सस्तिएको समितिले जनाएको छ।

कालिमाटीमा आज ठूलो नेपाली गोलभेँडा ५५, ठूलो भारतीय गोलभेँडा ६५, सानो लोकल गोलभेँडा २५, रातो आलु ७०, मुडेको रातो आलु ६१, लोकल गाँजर ११०, लोकल बन्दा ५५, स्थानीय ज्यापु काउली १२५, सेतो मुला २२, लाम्चो भन्टा ३५, तने बोडी ८५, करेला ८५, लौका ५५, घिरौँला ६६, फर्सी ४५, भिन्डी ३५, कन्य च्याउ १७६, डल्ले च्याउ ४७६, कुरिलो ४२६, ब्रोकाउली १३३, सिताके च्याउ ९७६ रुपैयाँ प्रतिकिलो छ। यो सबै औसत मूल्य हो।

त्यसैगरी हिजो कालिमाटीमा रातो आलु ७०, सुकेको भारतीय प्याज १२६, लोकल गाँजर ११०, बन्दा ४५, स्थानीय काउली ९५, ज्यापु काउली १२५, सेतो मुला २२, लाम्चो भन्टा ३५, डल्ले भन्टा ४५, तने बोडी ६५, मकै बोडी ८५, करेला ६५, लौका ५५, परबल ५५, चिचिन्डो २७, फर्सी ४५, भिन्डी ३५, स्कुस २५, रायोको साग ११०, पालुंगोको साग १३३, कन्य च्याउ १४०, डल्ले च्याउ ४२६, ब्रोकाउली १५० रुपैयाँ प्रतिकिलो थियो।

प्रकाशित: २४ भदौ २०८१ ८:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 19 =