कति छ आज तरकारीको मूल्य?

हिमाल प्रेस २२ भदौ २०८१ ९:०३
26
SHARES
कति छ आज तरकारीको मूल्य? काठमाडौँको कालीमाटीस्थित तरकारी बजार। तस्बिर : हिमाल प्रेस

काठमाडौँ- फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज (शनिबार) कालिमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ।

कालिमाटीमा आज कन्य च्याउको मूल्य थप घट्दा डल्ले च्याउ भाउ भने बढेको छ। कालिमाटीमा आज धेरैजसो तरकारी हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।

कालिमाटीमा आज सबैभन्दा महँगो तरकारी सिताके च्याउको मूल्य प्रतिकिलो ९७६ रुपैयाँ हुँदा सबैभन्दा सस्तो सेतो मुला र स्कुसको मूल्य २२ रुपैयाँ मात्रै छ। परबल पनि हिजोको तुलनामा १० रुपैयाँ घटेको छ।

कालिमाटीमा आज ठूलो भारतीय गोलभेँडा ६५, नेपाली ठूलो गोलभेँडा ५५, सानो लोकल गोलभेँडा २७, आलु ६९, भारतीय प्याज २२३, लोकल गाँजर ९५, बन्दा ५५, ज्यापु काउली १२५, लाम्चो भन्टा ३०, डल्ले भन्टा ४५, तने बोडी ६५, मकै बोडी ८५, करेला ७५, परबल ३५, घिरौँला ४५, स्कुस २२, कन्य च्याउ १३३, डल्ले च्याउ ४२६, ब्रोकाउली १७६ रुपैयाँ प्रतिकिलो छ। यो सबै औसत मूल्य हो।

कालिमाटीमा हिजो ठूलो गोलभेँडा ५५, सानो गोलभेँडा २८, सुकेको भारतीय प्याज १२३, ज्यापु काउली १२५, भन्टा लाम्चो भन्टा ३०, करेला ७५, परबल ४५, चिचिन्डो २५, घिरौँला ५५, हरियो फर्सी ४५, कन्य च्याउ १४०, ब्रोकाउली १७६ रुपैयाँ प्रतिकिलो थियो।

प्रकाशित: २२ भदौ २०८१ ९:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =