एनपीएल खेल्ने टिमको ‘अक्सन’ सकियो, कुन कतिमा भए बिक्री?

हिमाल प्रेस २० भदौ २०८१ १९:५०
18
SHARES
एनपीएल खेल्ने टिमको ‘अक्सन’ सकियो, कुन कतिमा भए बिक्री?

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)मा सहभागी हुने आठवटै टिमको ‘अक्सन’ सकिएको छ। नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुने एनपीएलमा पोखरा टिम सर्वाधिक मूल्यमा बिक्री भएको छ।

नेपाल टी-२० प्रालिले ३ करोड ५७ लाखमा खरिद गर्न सफल भएको हो। त्यस्तै कान्तिपुर पब्लिकेसनले ३ करोड ३३ लाख रुपैयाँमा काठमाडौँ टिमको स्वामित्व लिएको छ।

चितवन मेडिकल कलेजले चितवन टिम १ करोड ७६ लाख लाख १ हजारमा प्राप्त गर्‍यो। त्यस्तै एमएडी ड्रिम्सले १ करोड ५१ लाखमा विराटनगरको स्वामित्व लिएको हो। ड्रिम्स स्पोर्टसले जनकपुर टिम २ करोड ६ लाख र फर्चुना हेल्थ केयरले लुम्बिनी १ करोड ८६ लाखमा प्राप्त गर्‍यो।

हिमालयन बिल्डर्सले १ करोड ११ लाखमा कर्णाली टिम, इम्पायर स्पोर्टस प्रालिले १ करोड ६८ लाख रुपैयाँमा सुदूरपश्चिम टिमको स्वामित्व पायो।

प्रतियोगिता मंसिर १६ देखि पुस ६ गतेसम्म हुनेछ।

प्रकाशित: २० भदौ २०८१ १९:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast