वर्षाले कैलालीका हुलाकी सडक अवरुद्ध

हिमाल प्रेस ५ भदौ २०८१ १७:१९ | Wednesday, August 21, 2024
वर्षाले कैलालीका हुलाकी सडक अवरुद्ध प्रतिनिधिमूलक तस्बिर
घोडाघोडी (कैलाली)– निरन्तर वर्षाका कारण कैलालीका हुलाकी सडक अवरुद्ध भएका छन्। वर्षापछि बाढीका कारण ठाउँ ठाउँमा सडक भत्किएका छन्।
कैलारी गाउँपालिका–५ पुरानो मनिकापुरस्थित हुलाकी सडक भत्किँदा आवागमन ठप्प भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। निरन्तरको वर्षाका कारण पानिको सतह सडकभन्दा माथि पुगेको छ।
वर्षाका कारण कटैनी नदीमा पानीको बहाव बढ्दा कैलारी गाँउपालिका-५ पुरानो मनिकापुर बस्तीका २४ घर डुबानमा परेका छन्। उनीहरू आफन्तकहाँ बसेका छन। पाँच परिवारलाई स्थानान्त्रण गरी वडा नं ५ को कार्यालयमा राखिएको छ।
गौरीगङ्गा नगरपालिमा पनि केही घर डुबानमा परेका छन्। गौरीगङ्गा-७ का महादेवा, कम्दा, भगवानपुर र वडा नं–९ शङ्करपुरका केही घर डुबानमा परेका सूचना अधिकारी जोशीले बताए।
प्रकाशित: ५ भदौ २०८१ १७:१९ | Wednesday, August 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast