प्रतीकात्मक तस्बिर।
काठमाडौँ- दाङमा इनार सफा गर्ने क्रममा दुई जनाको ज्यान गएको छ। तुलसीपुरमा इनार सफा गर्नेक्रममा निसास्सिएर दुई जनाको मृत्यु भएको हो।
बुधबार बिहान १० बजे तुलसीपुर उपमहानगरपालिका १३ दमागाउँ बस्ने दुर्गा विकको इनार सफा गर्ने क्रममा तुलसीपुर उपमहानगरपालिका- १३ दमारगाउँका १६ वर्षीय मुकेश विक र ३८ वर्षीय याम बहादुर नेपालीको निसासिएर मृत्यु भएको प्रहरीले जनाएको छ।
इनारमै अचेत भएका दुवै जनालाई अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका हुन्। इलाका प्रहरी कार्यालय तुलसीपुर र नेपाली सेना अम्बापुर बेस क्याम्पबाट खटिएको टोलीले उनीहरूको उद्धार गरेको थियो। मृतक दुवै जनाको शव पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ।
प्रकाशित: ५ भदौ २०८१ १२:१३ | Wednesday, August 21, 2024
प्रतिक्रिया




