काठमाडौँ- प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदैछ। ऋषिपूजन, तन्तुदेवतापूजन, ग्रन्थिदेवतापूजन, वंशब्रुवण, ऋषिश्राद्ध एवं रक्षाबन्धनपूजा गरी जनै र रक्षाबन्धन धारण गर्ने शास्त्रीय परम्परा रहिआएको छ।
वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरुपुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन्। मानवरक्षाका लागि जप, तप र पूजागरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ ।
प्रकाशित: ३ भदौ २०८१ १०:४४
प्रतिक्रिया