अहिले पनि दलित समुदायमाथि भेदभाव र दमन भइरहेको छ : सांसद विश्वकर्मा

हिमाल प्रेस २ भदौ २०८१ १४:५६ | Sunday, August 18, 2024
अहिले पनि दलित समुदायमाथि भेदभाव र दमन भइरहेको छ : सांसद विश्वकर्मा

काठमाडौँ- राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद विष्णुबहादुर विश्वकर्माले दलित समुदायमाथि अहिले पनि विभिन्न बहानामा भेदभाव र दमन भइरहेको बताएका छन्। आइतबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

सांसद विश्वकर्माले सरकार दलित समुदायमाथि भइरहेको भेदभावमा गम्भीर बन्न नसकेको बताए। उनले दलितलाई विभिन्न बहानामा परम्परागत सोच र शैलीले थिचेर राखेको बताए। उनले सरकारमा दलित समुदायको शून्यता रहेको बताए।

उनले मन्त्रीपरिषद्‌मा बस्नेसमेत अधिकार नभएको राज्यमन्त्री बनाएर सरकारले दलित समुदायमाथि अझ अपमान गरेको बताए। उनले अधिकारमा सीमित राज्यमन्त्री बनाएर थप अपमानित गराउनु भन्दा नबनाएको भए नै राम्रो हुने बताए।

‘आज दलितलाई विभिन्न यो वा त्यो बहानामा भेदभाव र दमन भइरहेको छ। हामीले हरेक गाउँमा, हरेक टोलमा हरेक जिल्लामा देखिरहेका छौँ, ‘उनले भने, ‘जहाँ कुटपिट, अपहरण, हत्या, बलात्कार जस्ता जघन्य अपराध भइरहेका छन् र त्यसले न्याय पाइरहेको छैन। हामीले पटकपटक भन्ने गरेका छौँ। यस विषयमा सरकार गम्भीर भएको छैन।’

प्रकाशित: २ भदौ २०८१ १४:५६ | Sunday, August 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast