कोटीहोमको घटना छानबिन गर्न समिति गठन

हिमाल प्रेस २ भदौ २०८१ ८:२२ | Sunday, August 18, 2024
कोटीहोमको घटना छानबिन गर्न समिति गठन

काठमाडौँ- पशुपतिनाथ कोटीहोम स्थलमा शुक्रबार साँझ उत्पन्न तनावको घटनाको छानबिनका लागि ७ सदस्यीय समिति गठन गरिएको छ।

शनिबार दिउँसो भएको छलफलपछि काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ।

समितिमा जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी गंगा पौडेल, सशस्त्र प्रहरी बलका डीएसपी प्रमोद राय, अधिवक्ता सचितानन्द काफ्ले, नेपाल पत्रकार महांघका सचिव गोविन्द चौलागाईं, मानव सेवा फाउन्डेसनका विष्णु कुमार थापा सदस्य छन् भने जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुपम पौडेल सदस्य सचिव छन्।

उक्त समितिलाई कोटीहोम आयोजनास्थलमा शुक्रबार राति भएको घटनाको बारेमा स्थलगत अध्ययन र छानबिन गरी सत्यतथ्यसहितको प्रतिवेदन पेश गर्न १५ दिनको समय दिइएको छ।

 

प्रकाशित: २ भदौ २०८१ ८:२२ | Sunday, August 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast