कीर्तिपुरमा बाघभैरवको जात्रा हुँदै

हिमाल प्रेस १ भदौ २०८१ ११:५१ | Saturday, August 17, 2024
कीर्तिपुरमा बाघभैरवको जात्रा हुँदै

काठमाडौँ- कीर्तिपुरमा आज बाघभैरवको जात्रा हुँदैछ। हरेक वर्ष भदौ १ गते बाघभैरवको जन्मदिनको रूपमा जात्रा गर्ने चलन छ।

आजका दिन बाघभैरवको मन्दिरलाई एक सय आठ चोटी परिक्रमा गरेमा सबै पापबाट मुक्त हुने जनविश्वास छ। बाघभैरवको तीन वटा मूर्तिमध्ये एउटालाई खटमा राखेर कीर्तिपुरको विभिन्न ठाँउमा परिक्रमा गरेर जात्रा गरिन्छ। यो जात्रा विक्रम संवत् २०१३ सालदेखि सुरु भएको हो।

यसैबीच यसवर्षको जात्राको लागि बाघ भैरवको नयाँ मूर्ति प्रतिस्थापन गरिएको छ। बाघ भैरव मन्दिरको मुलद्वार अगाडिको गुन्थ सत्तलमा तीन सय २१ वर्ष अघि स्थापना गरिएको तर विलुप्त भइसकेको बाघ भैरव स्वर्ण शक्ति भैरवको मूर्ति हिजो प्रतिस्थापन गरिएको हो।

मूर्तिकला जगतमा प्रख्यात क्रोेधकला शिरोमणि कालु कुमालेका छोरा स्व वीरेन्द्रकुमार अवालेको स्मृतिमा निर्माण गरिएको बाघ भैरव मूर्ति हिजो ललितपुरको सिन्चाहितिमा एक कार्यक्रमकाबीच कीर्तिपुरबासीलाई हस्तान्तरण गरिएको थियो। झन्डै २० जना कालिगढले एक वर्ष लगाएर तीन फिट अग्लो स्वर्ण शक्ति भैरवको मूर्ति निर्माण गरेका हुन्।

प्रकाशित: १ भदौ २०८१ ११:५१ | Saturday, August 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast