गाउँगाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्नुपर्छ : शेखर कोइराला

हिमाल प्रेस ३२ साउन २०८१ २१:०१ | Friday, August 16, 2024
गाउँगाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्नुपर्छ : शेखर कोइराला

विराटनगर- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गाउँघरमै स्वास्थ्य शिविर सञ्चालन गर्न सके समस्या पहिचानका लागि बिरामीले अस्पताल जानुपर्ने बाध्यता अन्त्य हुने बताएका छन्।

नोना कोइराला प्रतिष्ठान र केएचडीसीको प्राविधिक सहयोगमा मोरङको बुढीगंगा गाउँपालिका-७ स्थित डङ्ग्राहामा आज निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै नेता डा कोइरालाले जनताले गाउँघरमै स्वास्थ्य सेवा लिन चाहिरहेकाले प्रतिष्ठानले विगतदेखि नै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको बताए।

प्रतिष्ठानले शिविरमा मिर्गाैला, मुटु, मधुमेहलगायत रोगको परीक्षण गर्नुका साथै निःशुल्क रूपमा औषधि वितरण गरेको थियो। यस्तै इको, इसिजी, फोक्सो, उच्च रक्तचापसँग सम्बन्धित सबै किसिमको ल्याब सेवा प्रदान गरी जटिल समस्या देखिएका बिरामीलाई अस्पतालमा थप उपचारको व्यवस्था मिलाएको प्रतिष्ठानका महासचिव अमित श्रीवास्तवले जानकारी दिए।

प्रकाशित: ३२ साउन २०८१ २१:०१ | Friday, August 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast