शेखरपक्षीय नेता-कार्यकर्ताले देउवा समूहको अधिवेशनमा भाग लिने

हिमाल प्रेस १४ असोज २०८३ १६:२६ | Wednesday, September 30, 2026
शेखरपक्षीय नेता-कार्यकर्ताले देउवा समूहको अधिवेशनमा भाग लिने नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला

काठमाडौँ- नेपाली कांग्रेसको शेखर कोइरालानिकट नेता तथा कार्यकर्ताले देउवा समूहको अधिवेशनमा भाग लिने भएका छन्।

बिहीबारदेखि सुरू हुन लागेको देउवा समूहको अधिवेशनमा कोइराला पक्षीय नेता तथा कार्यकर्ताहरूले भाग लिने भएका हुन्।

यद्यपि कोइरालालगायतका केही नेताहरू भने तटस्थ बस्ने भएका छन्।

नेता कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले बिहीबारदेखि सुरू हुन लागेको वडा अधिवेशनमा आफ्नो समूहका नेता-कार्यकर्ताहरू भाग लिने बताएका छन्।

‘डाक्टरसाहेबका साथै केही नेताहरू तटस्थ नै बस्नु हुन्छ,’ थपलियाले हिमालप्रेससँग भने,‘यसअघिको अधिवेशनमा पनि कतिपयले भाग लिनुभयो, भोलिबाट सुरू हुने अधिवेशनमा पनि भाग लिनु हुन्छ, सबैले स्वविवेक प्रयोग गर्न पाउनुभयो।’

उनका अनुसार बद्री पाण्डे, सञ्जय गौतम, सरिता प्रसाईँ,बलबहादुर केसीलगायतका नेताहरू भने तटस्थ बस्ने भएका छन्।

संस्थापन समूह विभिन्न तहका अधिवेशनहरू सम्पन्न गरी महाधिवेशनको तयारी गरिरहेको बेला देउवा समूहले पनि समानान्तर अधिवेशनको तयारी थालेको छ।

१५ औँ महाधिवेशनअन्तर्गत देउवा समूहको वडा अधिवेशन बिहीबारदेखि सुरू हुँदैछ।

प्रकाशित: १४ असोज २०८३ १६:२६ | Wednesday, September 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast