अस्ट्रेलियामा बेपत्ता सुभाषको खोजबिन गर्न राजदूत भोल्कसँग आग्रह

हिमाल प्रेस ३० साउन २०८१ १९:२३ | Wednesday, August 14, 2024
अस्ट्रेलियामा बेपत्ता सुभाषको खोजबिन गर्न राजदूत भोल्कसँग आग्रह

काभ्रेपलाञ्चोक- नेपालका लागि अस्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कसँग ९ महिनाअघि अस्ट्रेलियामा हराएका काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-७ का एक युवाको खोजबिन गर्न आग्रह गरिएको छ। २७ वर्षीय सुभाष बोलखे सिड्नी सहरबाट १८ दिनदेखि परिवारसँग सम्पर्कविहीन छन्।

पाँचखालका नगरप्रमुख महेश खरेलले सुभाषका बुवासहित परिवारका सदस्य लिएर राजदूतसँग आज (बुधबार) औपचारिक भेट गरी खोजबिनका लागि आग्रह गरेका हुन्।

सुभाषको पछिल्लो अवस्थाबारे जानकारी लिई खोजतलास गर्न राजदूतसँग विशेष आग्रह गरिएको नगरप्रमुख खरेलले बताए। ‘राजदूतले तत्काल जनशक्ति परिचालन गरी खोजबिन गर्न लगाउने आश्वासन दिनुभएको छ, हामी आशावादी भएका छौँ,’ उनले भने।

बुबा सुदर्शन बोलखेकानुसार अध्ययनका लागि अस्ट्रेलिया गएका कान्छा छोरा सुभाष सिड्नी सहरमा ९ महिनादेखि एक्लै बस्दै आएकामा १८ दिनदेखि सम्पर्कविहीन छन्। राजदूतसँगको भेटपछि केही आशा पलाएको उनले सुनाए।

नगरप्रमुख खरेलले राजदूतलाई सुभाषको कागजातसहित निवेदन दिएका थिए। बोलखे परिवारले पनि सुभाषको खोजबिनमा सहयोग गर्न सिड्नीस्थित नेपाली तथा त्यहाँका निकायसँग आग्रह गर्दै आएको छ।

प्रकाशित: ३० साउन २०८१ १९:२३ | Wednesday, August 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast