पहिरोपीडित परिवारलाई राहत

हिमाल प्रेस २९ साउन २०८१ १३:५७ | Tuesday, August 13, 2024
पहिरोपीडित परिवारलाई राहत प्रतिनिधिमूलक तस्बिर।

बागलुङ- गत साता बागलुङको बडिगाड गाउँपालिका–९ र १० मा पहिरोमा परी ज्यान गुमाएका परिवारलाई जिल्ला प्रशासन कार्यालयले राहत उपलब्ध गराएको छ। प्रदेश र सङ्घीय सरकारले बनाएको कार्यविधिअनुसार ज्यान गुमाएका परिवारलाई रु दुई लाख उपलब्ध गराएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए।

ज्यान गुमाएका ११ जनाको परिवारलाई प्रशासनले घटनास्थलमा नै पुगेर उपलब्ध गराएको हो। बरालले सरकारले प्राकृतिक विपद्मा परी ज्यान गुमाएका परिवारलाई राहत रकम उपलब्ध गराउने नीति बनाएको र सोही प्रदान गरेको बताए।

बडिगाड–१० आरुपाटाका जोगबहादुर बुढाको घरमाथिबाट खसेको पहिरोले नौजनाको ज्यान लिएको थियो । एक बालक अझै बेपत्ता छन्।

पहिरोमा पुरिएर १० जना घाइते भएका थिए। गम्भीर घाइते १९ वर्षीया रीमा पुन, ३१ वर्षीया सीता थापा र ४६ वर्षीया सङ्गीता बुढाको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ। सोही दिन वडा नं ९ नयाँबस्तीमा पहिरोमा दुईजनाको ज्यान गएको थियो। रासस

प्रकाशित: २९ साउन २०८१ १३:५७ | Tuesday, August 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast