सर्लाहीमा १० टन चिनीसहितको ट्रक प्रहरी नियन्त्रणमा

हिमाल प्रेस २८ साउन २०८१ ६:३३ | Monday, August 12, 2024
सर्लाहीमा १० टन चिनीसहितको ट्रक प्रहरी नियन्त्रणमा सांकेतिक तस्बिर।

सर्लाही- सर्लाही प्रहरीले सात लाख बराबरको १० टन चिनीसहित मिनी ट्रक नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय केशरगन्जको टोलीले ईश्वरपुर नगरपालिका–५, सखुवनी टोलबाट चिनीसहितको ट्रक नियन्त्रणमा लिएको हो।

बयलवासबाट सिन्धुलीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १६०० नम्बरको ट्रक जाँच गर्दा बिलविजकमा कैफियत देखिएपछि नियन्त्रण लिइएको प्रहरी नायब उपरीक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिए।

ट्रकमा ५० किलोग्रामका दुई सय बोरा चिनी रहेको प्रहरीले जनाएको छ।

ट्रक चालक ताप्लेजुङको आठराइ त्रिवेणी गाउँपालिका–२, निवासी ३७ वर्षका झलक लिम्बूलाई पनि नियन्त्रण लिई आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय मलंगवामा पठाएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए। रासस

 

प्रकाशित: २८ साउन २०८१ ६:३३ | Monday, August 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast