‘दलितलाई मन्त्री खै?’

हिमाल प्रेस २६ साउन २०८१ १५:११ | Saturday, August 10, 2024
‘दलितलाई मन्त्री खै?’

काठमाडौँ– राज्य सञ्चालनका विभिन्न निकायमा दलित समुदायको प्रतिनिधित्व हुनुपर्ने भन्दै काठमाडौँमा प्रदर्शन गरिएको छ। दलितका लागि दलित अभियान, नेपालले सरकार निर्माण तथा राजनीतिक नियुक्तिमा दलितलाई पनि सहभागिता गराउनुपर्ने भन्दै काठमाडौँको माइतीघरमा प्रदर्शन गरेको हो।

उनीहरूले राज्य सञ्चालनका विभिन्न निकायमा दलित समुदायलाई घृणा गरिएको बताएका छन्। प्रदर्शनमा सहभागीले राज्यका महत्त्वपूर्ण निकायमा दलित समुदायको प्रतिनिधित्व गर्नका लागि निरन्तर दबाब दिने जनाएका छन्।

दलित समुदाय अधिकार स्थापित गर्नका लागि पनि राज्यका निकायहरुमा आफूहरुको उपस्थिति हुनैपर्ने उनीहरुको भनाइ छ। प्रदर्शनका सहभागीहरुले, दलितलाई मन्त्री खै? दलितलाई बजेट खै?, ‘दलितलाई राजदूत खै? लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

प्रकाशित: २६ साउन २०८१ १५:११ | Saturday, August 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast