गुरुदेव कामतको सम्झना

हिमाल प्रेस २६ साउन २०८१ १०:५३
4
SHARES
गुरुदेव कामतको सम्झना

काठमाडौँ- नेपाली शास्त्रीय संगीत क्षेत्रका परिचित व्यक्तित्व स्वर्गीय गुरुदेव कामतप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ। शास्त्रीय संगीतका गुरु, संगीतकार तथा गायक कामतको गत साउन १७ गते निधन भएको थियो ।

गुरुदेव कामत संगीत फाउन्डेसन तथा गुरुकुल संगीत पाठशाला परिवारद्वारा आयोजित श्रद्धाञ्जली एवं समवेदना कार्यक्रममा उपस्थित कलाकारहरू उनको सम्झनामा गीत प्रस्तुत गरेका थिए ।

६९ वर्षको उमेरमा निधन भएका कामतको मिर्गौलामा समस्या देखिएपछि केही महिना काठमाडौँमा रहेर उपचार गराएका थिए । तर आर्थिक समस्याका कारण थप उपचार गर्न नसकेर उनी जन्मथलो सिरहाको पोखरभिन्डा फर्किएका थिए।

जन्मथलो फर्किएर उनले लहानस्थित अस्पतालमा डायलासिस गराइरहेका थिए । उपचारको क्रममा उनको निधन भएको थियो । दिवङ्गत कामतका श्रीमती, तीन छोरा र एक छोरी छन् । उनी नेपालसहित भारतमा पनि प्रख्यात रहेका थिए ।

प्रकाशित: २६ साउन २०८१ १०:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast