आफ्नै स्कुल बसले ठक्कर दिँदा ६ वर्षीया बालिकाको घटनास्थलमै मृत्यु

हिमाल प्रेस २५ साउन २०८१ २१:२६
204
SHARES
आफ्नै स्कुल बसले ठक्कर दिँदा ६ वर्षीया बालिकाको घटनास्थलमै मृत्यु प्रतिनिधिमूलक तस्बिर

भक्तपुर- भक्तपुरमा स्कुल बसको ठक्करबाट एक छात्राको मृत्यु भएको छ। आज (शुक्रबार) अक्सफोर्ड प्राक्टिकल स्कुलको बा २ क ९९११ नम्बरको बसको ठक्करबाट सोही स्कुलमा अध्ययनरत सूर्यविनायक नगरपालिका‐५ कटुन्जेका रेजकुमार नेपालकी छोरी ६ वर्षीया रियान्सीको मृत्यु भएको प्रहरीले जनाएको छ।

स्कुलबाट घर फर्कने क्रममा बसबाट ओर्लिएलगत्तै बसले ठक्कर दिँदा बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ। बालिकालाई डा. ईवामुरा अस्पताल लगिएको र अस्पतालले मृत्यु भइसकेको घोषणा गरेको थियो।

बालिकाको शव परीक्षणका लागि काठमाडौँ मेडिकल कलेज दुवाकोटमा राखिएको छ। प्रहरीले भक्तपुर नगरपालिका‐२ ख्वामा बस्ने ५९ वर्षीय चालक कान्छा देउपाललाई बससहित नियन्त्रणमा लिएको छ।

हाल उनलाई प्रहरी वृत्त जगातीमा राखिएको प्रहरी नायव उपरीक्षक राजन कार्कीले जानकारी दिए।

प्रकाशित: २५ साउन २०८१ २१:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast