नुवाकोट हेलिकप्टर दुर्घटना : वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा जाँचबुझ आयोग

हिमाल प्रेस २३ साउन २०८१ १८:०८
14
SHARES
नुवाकोट हेलिकप्टर दुर्घटना : वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा जाँचबुझ आयोग मन्त्रिपरिषद्को बैठक। फाइल तस्बिर

काठमाडौँ- सरकारले नुवाकोट हेलिकप्टर दुर्घटनाको छानबिन गर्न आयोग गठन गरेको छ। मन्त्रिपरिषद्को बुधबार बसेको आकस्मिक बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको हो।

आयोगमा विष्णु बस्नेत र तनुजा पोखरेल सदस्य छन्। आयोगलाई ३० दिनको समयावधि दिइएको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

आज बुधबार काठमाडौँबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको नाइनएन–एजेडी हेलिकप्टर नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौरमा दुर्घटना भएको थियो। हेलिकप्टर पाइलट हेमन्त मल्लले उँडाएका थिए। हेलिकप्टरमा चार जना चिनियाँ पर्यटक सवार थिए।  हेलिकप्टरमा  चिनियाँ पर्यटकहरू जुदाड टाङ (पुरुष), जीलि (पुरुष), यियाद वु-महिला) र जेमिङ सी (पुरुष) रहेका थिए। उनीहरू सबैको निधन भएको छ।

प्रकाशित: २३ साउन २०८१ १८:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =