पहिरोमा घर पुरिँदा चारजनाको ज्यान गयो

हिमाल प्रेस २२ साउन २०८१ १४:५७
पहिरोमा घर पुरिँदा चारजनाको ज्यान गयो सांकेतिक तस्बिर

तम्घास- गुल्मीको मुसिकोट नगरपालिका–१ मा पहिरोले घर पुरिँदा चारजनाको मृत्यु भएको छभने अन्य दुईजना घाइते भएका छन्। नगरपालिकाको बिसौना बस्ने विष्णु विकको घर मंगलबार बिहान पहिरोमा पुरिँदा चारजनाको ज्यान गएको हो।

स्थानीय सञ्चारकर्मी माधव खरेलका अनुसार पहिरोमा परी ४५ वर्षका गोरे विक, ६७ वर्षीय हुकुम विक, ६६ वर्षीया मसुरी विक र दुई वर्षीया रियन्सी विकको मृत्यु भएको हो। घाइते भएका दुईजनालाई सकुशल उद्धार गरिएको छ। नेपाल प्रहरी र स्थानीयको सहयोगमा उनीहरूको उद्धार गरिएको हो। रासस

प्रकाशित: २२ साउन २०८१ १४:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast