सिमलताल घटनाको प्रतिवेदन बुझाइँदै

हिमाल प्रेस २२ साउन २०८१ ७:२८
2
SHARE
सिमलताल घटनाको प्रतिवेदन बुझाइँदै

काठमाडौँ- चितवनको सिमलताल घटनासम्बन्धमा गठित अध्ययन कार्यदलले आज अध्ययन प्रतिवेदन बुझाउँदै छ। गृह मन्त्रालयका सहसचिव छवि रिजाल संयोजक रहेको उक्त कार्यदलले आज दिउँसो साढे १ बजे अध्ययन प्रतिवेदन बुझाउने भएको हो।

गत असार २८ गते बिहान ३ः३० बजे चितवनको सिमलताल नजिकैको सिँदुरेमा लेदोले काठमाडौँबाट गौर गइरहेको र वीरगञ्जबाट काठमाडौँ आइरहेको दुईवटा यात्रुबाहक बस त्रिशूलीमा खसालेको थियो । बसमा ६५ जना यात्रु सवार थिए । उक्त घटनामा तीन जना यात्रु बाँचेका थिए । बाँकी यात्रु बेपत्ता रहेकामा हालसम्म २४ जनाको मात्र शव फेला परेको छ ।

सरकारले असार ३१ गते गृह मन्त्रालयका सहसचिव रिजालको संयोजकत्वमा घटनाबारे अध्ययन गर्न ६ सदस्यीय कार्यदल बनाएको थियो ।

प्रकाशित: २२ साउन २०८१ ७:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast