तस्बिरमा नेपाल सुन्दरी

हिमाल प्रेस १९ साउन २०८१ २१:३८
94
SHARES
तस्बिरमा नेपाल सुन्दरी मिस नेपाल वल्ड विजेता आसमाकुमारी केसी। तस्बिर : रासस

काठमाडौँ– मिस नेपाल-२०२४ को ताज आश्माकुमारी केसीले जितेकी छन्। मिस नेपालको ३० औँ संस्करणमा २५ सुन्दरीलाई पछि पार्दै शनिबार आश्माले मिस नेपाल वर्ल्डको उपाधि जितेकी हुन्।

प्रतियोगिता हिडन ट्रेजरले आयोजना गरेको हो। मिस नेपाल इन्टरनेसनलुको उपाधि भने करुणा रावतले जितिन्। मिस नेपाल अर्थको उपाधिचाहिँ सुमना केसीले जितेकी छन्।

प्रतियोगितामा शुभेच्छा कार्की, आश्माकुमारी केसी, सुमना केसी, निभिता चापागाईं, सिम्रिका मानन्धर, आँचल खत्री, ऊर्जा नेवा, करुणा रावत, अञ्जना पुन, राधिका थापा, इभा गिरी, दृष्टि थापा, दीक्षा अवस्थी, इरिना श्रेष्ठ, ललिता शेरबुजा, किम्ती श्रेष्ठ, प्रेभिटा स्वाँर, रोशनी दाहाल, समीक्षा निरौला, प्रसुना भुसाल, पूजा बराल, अम्बिका राना, साइरा खड्का, अनिशा मल्ल, श्रद्धासुमन सिलवाल र सामिन कोइराला सहभागी रहेको हिडेन ट्रेजरले जनाएको छ।

प्रतियोगितामा रुपक घिमिरे, लक्ष्मी भण्डारी, रेना रिजाल, विजय कर्माचार्य, साहारा बस्नेत राणा, दिव्य देव, प्रियंका रानी जोशी, शरद भेषावकर, रियासा दाहाल, विष्णुहरि पाण्डे र सकुन भण्डारी रहेका थिए।

 
प्रकाशित: १९ साउन २०८१ २१:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast