म्याद नाघेका पेय पदार्थ बरामद

हिमाल प्रेस १९ साउन २०८१ २०:१८
8
SHARES
म्याद नाघेका पेय पदार्थ बरामद

काठमाडौँ- प्रहरीले बाराबाट ठूलो परिमाणमा म्याद नाघेको चिसो पेय पदार्थ बरादम गरेको छ।

प्रहरीले कलैया उपमहानगरपालिका–१ स्थित केसरी एन्ड सन्स इम्पेक्सबाट म्याद नाघेको ४८२ क्यारेट चिसो पेय पदार्थ बरामद गरेको हो। अमित केसरी सञ्चालक डिलरमा म्याद नाघेका पेय पदार्थ बिक्रीवितरण भइरहेको सूचनाका आधारमा शनिबार प्रहरीले छापा हानेको थियो।

छापामारीका क्रममा पेप्सी, स्प्राइट, माउन्टेन डियू, सेभेनअप, स्लाइस, मिरिन्डा गरी ४८२ क्यारेट चिसो पेय पदार्थ बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिएका छन्।

बरामद गरिएको पेय पदार्थको मूल्य अन्दाजी ८ लाख १९ हजार ४ सय रूपैयाँ रहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित: १९ साउन २०८१ २०:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast