काठमाडौँबाट पोखरा उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि

हिमाल प्रेस १८ साउन २०८१ १९:५५
46
SHARES
काठमाडौँबाट पोखरा उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि फाइल तस्बिर।

काठमाडौँ – काठमाडौँबाट पोखरा उडेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या देखिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको उक्त विमानको इन्डिकेटरमा समस्याको सङ्केत देखिएपछि विमानचालकले काठमाडौँ फर्काएर सुरक्षित अवतरण गराएका छन्।

बुद्ध एयरका अनुसार उडान नम्बर ६५५ विमानमा प्राविधिक समस्या आउनासाथ काठमाडौँ फर्काउने निर्णय भएको हो। फ्लाइट राडरका अनुसार उक्त विमानले धावनमार्गबाट उड्नासाथ काठमाडौँ माथिको आकाशमा करिब तीन राउण्ड लगाएको थियो।

पोखरा उडेको उक्त विमान प्राविधिक समस्याले पुनःकाठमाडौँ अवतरण गरेको विमानस्थलका एक उच्च अधिकारीले बताए कम्पनीले अर्को विमानमार्फत यात्रुलाई गन्तव्यमा पुर्‍याइएको छ। तीव्र वायु चलेका कारण जनकपुर गन्तव्यको उडानसमेत रद्द गर्नुपरेको कम्पनीले उल्लेख गरेको छ।

प्रकाशित: १८ साउन २०८१ १९:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 17 =