सौर्य एयरलाइन्सका घाइते पाइलट शाक्य डिस्चार्ज

हिमाल प्रेस १८ साउन २०८१ ११:५६
20
SHARES
सौर्य एयरलाइन्सका घाइते पाइलट शाक्य डिस्चार्ज त्रिभुवन विमानस्थलमा बुधबार भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेका पाइलट मनीष शाक्यको उद्धार गर्दै सेना, प्रहरी।

काठमाडौँ-  गत साउन ९ गते बिहान त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्स जहाज दुर्घटनामा घाइते भएका क्याप्टेन मनीषरत्न शाक्य अस्पतालबाट डिस्चार्ज भएका छन्। बिहीबार राति ९ बजे उनलाई अस्पतालले निगरानीमा रहने गरी डिस्चार्ज गरेको अस्पतालकी निर्देशक प्राध्यापक डाक्टर मीना थापाले जानकारी दिइन्।  जहाजमा १९ जना सवार थिए। क्याप्टेन शाक्यबाहेक सबैको मृत्यु भएको थियो।

शाक्यको नेपाल प्रहरीसहित उद्धारमा खटिएका सुरक्षा अधिकारीले घाइते अवस्थामा उनको उद्धार गरेका थिए। शाक्यको नाक, आँखा, करङ र मेरूदण्डमा असर पुग्ने गरी चोट लागेको थियो।

अस्पतालले क्याप्टेन शाक्यको करङका तीन वटा हड्डी भाँचिएको तर त्यसको औषधिबाटै त्यसको उपचार सम्भवन रहेको बताएको छ।  मेरुदण्डको चोट पनि शल्यक्रिया गर्ने खालको नभएको बताइएको छ। दुई दिन सघन उपचार कक्षमा राखेर उपचार गरेपछि उनलाई क्याबिनमा राखिएको थियो।

प्रकाशित: १८ साउन २०८१ ११:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast