‘खीर खाने दिन’ ९० लाख लिटर दूध खपत

हिमाल प्रेस १६ साउन २०८१ ६:५८ | Wednesday, July 31, 2024
‘खीर खाने दिन’ ९० लाख लिटर दूध खपत

काठमाडौँ- साउन १५ गते खीर खाने दिन देशभर करिब ९० लाख लिटर दूध खपत भएको छ। डेरी उद्योगीको छाता संगठन नेपाल डेरी एसोसिएसन नेपालका अनुसार अरू दिन दैनिक ३० लाख लिटर दुध खपत हुन्छ तर खीर खाने दिन तीन गुणा बढी अर्थात् ९० लाख लिटर दूध खपत भएको हो। ९० लाख लिटर दूध खपतबाट ६५ करोड १० लाख बराबरको आर्थिक कारोबार भएको जनाइएको छ।

साउन १५ लाई खीर खाएर मनाइन्छ । वर्षा ऋतुका बेला असार १५ गते दही चिउरा र साउन १५ मा खीर खाने चलन प्राचीनकालदेखि चल्दै आएको हो । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले बताए। दूधमा मसलालगायत चिजबिज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ।

डेरी एसोसिएसनले मंगलबार विभिन्न कार्यक्रम गरी खीर खाने कार्यक्रम सम्पन्न गरेको हो ।

प्रकाशित: १६ साउन २०८१ ६:५८ | Wednesday, July 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast