गोरखामा पहिरोमा बेपत्ता भएका पाँचमध्ये तीनजनाको शव भेटियो

हिमाल प्रेस १४ साउन २०८१ १५:२८ | Monday, July 29, 2024
गोरखामा पहिरोमा बेपत्ता भएका पाँचमध्ये तीनजनाको शव भेटियो गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेमा साउनमा गएको पहिरो।

काठमाडौँ-  गोरखाको धार्चे गाउँपालिका– ५, रेसेफाँटको पहिरोमा परी बेपत्ता भएका ५ जनामध्ये ३ जनाको शव भेटिएको छ। सोमबार ६० वर्षीय सुलाल कान्छा गुरुङ, उनका छोरा ३७ वर्षीय जीतबहादुर गुरुङ र बुहारी ३५ वर्षकी कान्छीमाया गुरुङको शव भेटिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गण्डकी गाउँपालिका– ८, बर्खेघाटमा फेला परेको शव कान्छीमायाको भएको पुष्टि भएको छ। सो पहिरोमा पुरिएर सिङ्लाका ३३ वर्षीय रमेश गुरुङ र ट्याक्टर चाल २४ वर्षीय रमेश परियार बेपत्ता छन्। प्रहरीले उनीहरूको खोजी गरिरहेको छ।

प्रकाशित: १४ साउन २०८१ १५:२८ | Monday, July 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast