वीरगञ्ज महानगरले थुपारिदियो तीन उद्योगको मुख्यद्वारमा फोहर

हिमाल प्रेस १४ साउन २०८१ ८:२१ | Monday, July 29, 2024
वीरगञ्ज महानगरले  थुपारिदियो तीन उद्योगको मुख्यद्वारमा फोहर

वीरगञ्ज। वीरगञ्ज महानगरपालिकाले सिर्सिया नदी प्रदूषित गर्ने तीन उद्योगलाई कारबाहीस्वरूप ती उद्योगको मुख्यद्वारमा फोहरमैला थुपारिदिएको छ।

नगर प्रहरीसहित सरसफाइको टोलीले ट्रयाक्टरमा फोहरमैला राखेर परवानीपुरस्थित अर्निका प्रोसेसिङ उद्योग, श्रीसिद्धि टेक्सटाइल्स र मोरियम लेदर इण्डस्ट्रिज प्रालीको मुख्यद्वार प्रांगणमा फोहोर थुपारिदिएको हो।

वीरगञ्ज महानगरका नगरप्रहरी प्रमुख हरि भुसालले ती उद्योगको परिसरमा प्रतिकात्मक कारबाहीस्वरूप आज फोहरमैला खसाली दिएको बताए। ‘उद्योगबाट निस्कने फोहरमैला सिर्सिया नदीमा नमिसाउन बारम्बार अनुरोध गरेका थियौँ। तर उहाँहरूले मान्नुभएन, त्यसैले निर्देशनानुसार फोहरमैला थुपारिदिएको हो’, उनले भने।

महानगरले यसअघि सिर्सिया नदीमा फोहरमैला नफ्याँक्न बारम्बार अनुरोध गर्दै आइरहे पनि उद्योगी व्यवसायीले आलटाल गर्दै आएका थिए। महानगरले गत वैशाख ९ गते नदीमा फोहरमैला गर्ने उद्योगलाई १५ दिनभित्रै फोहरमैला व्यवस्थित नगरे कारबाही गर्ने चेतावनी समेत दिएको थियो। तर उद्योगले फोहरमैला व्यवस्थित गर्न आलटाल गर्दै आएका थिए।

नगर प्रहरी प्रमुख भुसालले भोलि पनि नदी फोहरमैला गर्ने उद्योगमा फोहर फ्याँक्ने कार्यक्रम रहेको जानकारी दिए।

प्रकाशित: १४ साउन २०८१ ८:२१ | Monday, July 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast