घिमिरे दम्पतीले गरे खाँदबारी बालविकास समाजलाई एक करोड सहयोग

हिमाल प्रेस १३ साउन २०८१ १०:२४
4
SHARES
घिमिरे दम्पतीले गरे खाँदबारी बालविकास समाजलाई एक करोड सहयोग

संखुवासभा- समाजसेवी हीरामणि र सीता घिमिरेले संखुवासभाको खाँदबारीस्थित बालबिकास समाजलाई एक करोड रुपैयाँ सहयोग प्रदान गरेका छन्।

संखुवासभा–काठमाडौं जर्नालिष्ट एशोसिएसन र खाँदबारी बालविकास समाजले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा घिमिरे दम्पतीले प्रदान गरेको उक्त रकमको चेक ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले समाजका अध्यक्ष रामप्रसाद घिमिरेलाई हस्तान्तरण गरे ।

त्यस अवसरमा अध्यक्ष घिमिरेले खाँदबारी बालविकास समाजका बालबालिकाको शिक्षा, स्वास्थ्य, पालनपोषण र उचित स्याहारलगायत समग्र व्यक्तित्व विकासमा उक्त रकमलाई खर्च गरिने बताए ।

कार्यक्रममा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, पूर्वप्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटा, पूर्वमुख्यसचिव डा विमल कोइराला, पूर्वसचिव सुशील जंगबहादुर राणा, दिनेशकुमार घिमिरे, काठमाडौं महानगरपालिका वडा नं ४ का वडा सदस्य नवीन मैनालीलगायत उपस्थित थिए । –रासस–

प्रकाशित: १३ साउन २०८१ १०:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast