काठमाडौँ- झापामा एक वर्षभित्र ४७ किलोमिटर सडक कालोपत्र भएको छ । पूर्वाधार विकास कार्यालयका अनुसार आर्थिक वर्ष २०८०–८१ मा ४७ किमी सडक कालोपत्र भएको हो ।
समीक्षा अवधिमा १४ किमी सडक मर्मत भएको छ भने २३ दशमवल तीन दुई किमी ग्राभेल गरिएको छ । चारवटा मोटरेबल पुल पनि निर्माण भएका छन् ।
झापा र इलाम जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले इलाममा तीन दशमवल पाँच किमी सडक मर्मत, चार दशमवल दुई सय ८२ किमी ग्राभेल, तीन किमी कच्ची सडक, दुई दशमलव दुई पाँच किमी सोलिङ र शून्य दशमलव तीन सय ५५ किमी सडक कालोपत्र गरेको तथा दुईवटा मोटरेबल पुल निर्माण गरेको कार्यालयका सूचना अधिकारी उत्तम खरेलले बताए । –रासस–
प्रकाशित: १३ साउन २०८१ ७:०३
प्रतिक्रिया