दोलखा भीमसेनमा पसिना आएपछि राष्ट्रपति पौडेलले गरे क्षमा पूजा

हिमाल प्रेस ११ साउन २०८१ १६:२५ | Friday, July 26, 2024
दोलखा भीमसेनमा पसिना आएपछि राष्ट्रपति पौडेलले गरे क्षमा पूजा

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट दोलखाको भीमेश्वर मन्दिरमा क्षमा पूजा गरिएको छ। राष्ट्रपति पौडेलले संकल्प गरी पठाएको सामग्रीबाट भीमेश्वरमा क्षमा पूजा गरिएको हो।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार पौडेलले राष्ट्रपति भवनमै विशेष संकल्प गरी सामग्री पठाएका छन्। उनको सामग्री लिएर एक सहसचिव र एक उपसचिव दोलखा गएर प्रमुख जिल्ला अधिकारीको अगुवाइमा पूजा सम्पन्न भएको हो।

केही दिनअघि भीमेश्वरको भीमसेन शिलामा पसिना आएपछि अनिष्ठको चिन्ता गर्दै मन्दिरका पूजारीमार्फत राष्ट्रपतिलाई क्षमा पूजाका लागि आग्रह भएको थियो। भीमसेनलाई पसिना आउनु राष्ट्रप्रमुख वा राष्ट्रमा अनिष्ठ हुने विश्वास रही आएको जानकारी पनि गराइएको थियो। गत शनिबार र बुधबार भीमसेनको शिलामा पसिना आएको थियो।

प्रकाशित: ११ साउन २०८१ १६:२५ | Friday, July 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast