कहाँ पुग्यो एक हजार पाँच सय ईसीडी शिक्षकलाई ‘बुटक्याम्प’मा सहभागी गराइने प्रक्रिया?

हिमाल प्रेस ११ साउन २०८१ १४:०० | Friday, July 26, 2024
कहाँ पुग्यो एक हजार पाँच सय ईसीडी शिक्षकलाई ‘बुटक्याम्प’मा सहभागी गराइने प्रक्रिया?

काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुर, प्रारम्भिक बालविकास शाखाले कार्यक्रक कार्यान्वयन पुस्तिका प्रकाशनपछि मात्र एक हजार पाँच सय बालविकास शिक्षकलाई बुटक्याम्पमा सहभागी गराउने भएकाे छ।

गत जेठ १५ गते तत्कालीन अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्ष २०८१/८२ काे बजेट सार्वजनिक गर्दै शिक्षा सुधारका लागि एक हजार पाँच सय ईसीडी शिक्षकलाई ‘बुटक्याम्प’ मा सहभागी गराउने घोषणा गरेका थिए।

मानव स्राेतकाे बालविकास शाखा अधिकृत धनसुदन चौलागाईँले भने, ‘नयाँ आर्थिक वर्ष सुरु भयो। शिक्षा मन्त्रालयमा कार्यक्रम कार्यान्वयन पुस्तिका बन्ने क्रममा छ। त्यसपछि प्रक्रियागत ढंगले अगाडि बढ्छ। यसवर्ष एक हजार पाँच सय बालविकास शिक्षकलाई बुटक्याम्पमा सहभागी गराउने हाे।’

अर्को वर्ष यो कार्यक्रम बजेटमा पर्न सक्ने नसक्ने त्यसमा केही भन्न नसकिने चौलागाईँले बताए।

बालविकास सहजकर्ताहरूले भने ३६ हजारमध्ये एक हजार पाँच सयलाई मात्र बुटक्याम्पमा सहभागी गराउने सरकारकाे निर्णयकाे विराेध गर्दै आएका छन्।

प्रकाशित: ११ साउन २०८१ १४:०० | Friday, July 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast