कति छ आज तरकारी र फलफूलको मूल्य?

हिमाल प्रेस ६ साउन २०८१ ९:५४ | Sunday, July 21, 2024
कति छ आज तरकारी र फलफूलको मूल्य? फाइल तस्बिर

काठमाडौँ- फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज (आइतबार) कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ।

कालीमाटीमा आज सबैभन्दा सस्तो तरकारी सानो लोकल गोलभेँडा छ भने सबैभन्दा महँगो तरकारी डल्ले च्याउ छ। सानो गोलभेँडा १५रुपैयाँ प्रतिकिलोमा किनबेच भइरहँदा डल्ले च्याउको मूल्य ३ सय ९० रुपैयाँ छ। कालीमाटीमा सानो लोकल गोलभेँडा १५ रुपैयाँ किलो भए पनि ठूलो गोलभेँडाको मूल्य भने ९५ रुपैयाँ छ।

कालीमाटीमा आज बन्दा ५५, स्थानीय काउली ९५, स्थानीय ज्यापु काउली ११५, भन्टा ९५, तने बोडी ११०, करेला ७५, घिरौँला ९५, भिन्डी ७५, कन्य च्याउ २०३ रुपैयाँ प्रतिकिलो छ। यो सबै औसत मूल्य हो।

कालीमाटीमा हिजो सानो टनेलको गोलभेँडा १९, रातो आलु ७०, सुकेको प्याज ९५, स्थानीय ज्यापु काउली ११२, गाँजर ९५, बन्दा ४५, डल्ले भन्टा ९६, तने बोडी १२२, करेला ७०, परबल ७६, घिरौँला ९६, हरियो फर्सी ९२, स्कुस ९५, कन्य च्याउ २२० रुपैयाँ प्रतिकिलो थियो।

प्रकाशित: ६ साउन २०८१ ९:५४ | Sunday, July 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast