राप्रपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने

हिमाल प्रेस ५ साउन २०८१ १५:५७ | Saturday, July 20, 2024
राप्रपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ।

प्रतिपक्षमा बस्ने भन्दै अध्यक्ष राजेन्द्र लिङ्देनले विश्वासको मत नदिने निर्णय लिएका हुन्।

यसअघि भने लिङ्देनले कांग्रेस-एमालेको गठबन्धन सकारात्मक भनेका थिए। तर आज विश्वासको मत नदिने निर्णय लिएको उनीनिकट स्रोतको भनाइ छ।

संविधानको धारा ७६ (४) बमोजिम प्रधानमन्त्री ओलीले भाेलि आइतबार विश्वासको मत लिन लागेका छन्। दुई वा दुईभन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ।

प्रकाशित: ५ साउन २०८१ १५:५७ | Saturday, July 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast