कोटेश्वरकाे गेष्टहाउसबाट छ बालिकाकाे उद्धार

हिमाल प्रेस ४ साउन २०८१ ९:०४ | Friday, July 19, 2024
कोटेश्वरकाे गेष्टहाउसबाट छ बालिकाकाे उद्धार

काठमाडाैँ- कोटेश्वरस्थित एक गेष्टहाउसबाट छजना बालिकाको उद्धार गरिएको छ।

बालिकालाई असामाजिक काममा लगाउने गरेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका कर्मचारीले गेष्टहाउसबाट उनीहरूलाई गएराति उद्धार गरेका हुन्।

रामेछापका नवीन थापाले सञ्चालन गरेको रामेछाप खाजाघर एण्ड गेष्टहाउसमा बालिकालाई आर्थिक प्रलोभनमा पारी ललाइफकाई असामाजिक काममा लगाएको जानकारी प्राप्त भएपछि उनीहरूको उद्धार गरिएको ब्युरोका सूचना अधिकारी गौतम मिश्रले जानकारी दिए।

गैरकानुनी गतिविधिमा संलग्न भएको अभियोगमा थापा र काठमाडौँको कागेश्वरी मनोहराका उज्ज्वल खड्कालाई नियन्त्रणमा लिइएको उनले बताए।

प्रकाशित: ४ साउन २०८१ ९:०४ | Friday, July 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast