भक्तपुरबाट काठमाडौँतर्फ आइरहेको प्रदेश ३ ०१.००५ ख ९५५४ नम्बरको सार्वजनिक बस बानेश्वर चोकमा गुडिरहेको अवस्थामा बसबाट निस्केको धुँवाको मुस्लो । धुँवा निस्केको देखेपछि यात्रुहरू सबै झरेको र चालकले बस स्टार्ट बन्द गर्दा पनि केही बेरसम्म स्टार्ट बन्द नभएतापनि बस आगलागी हुनबाट जोगिएको छ । तस्बिरः रत्न श्रेष्ठ/रासस
काठमाडौँ- काठमाडौँको नयाँ बानेश्वरमा गुडिरहेको बसमा धुँवामुस्लो देखिएको छ। केही समयअघि भक्तपुरबाट काठमाडौँतर्फ गुडिरहेको प्रदेश ३ ०१ ००५-ख ९५५४ नम्बरको सार्वजनिक बस बानेश्वर चोकमा गुडिरहेकै अवस्थामा धुँवाको मुस्लो देखिएको हो।
धुँवा निस्केपछि यात्रुहरू झरेको र चालकले बस स्टार्ट बन्द गर्दा समेत धुँवा निस्किएको थियो।
प्रकाशित: ३ साउन २०८१ १२:३१ | Thursday, July 18, 2024
प्रतिक्रिया




