काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो ४ बजे बैठक बोलाइएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।
एमाले अध्यक्ष ओली नेतृत्वको सरकार बनेपछि मन्त्रिपरिषद्को दोस्रो बैठक बस्न लागेको हो। बैठकमा मन्त्रालयका नियमित एजेण्डाहरूमाथि छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। अहिले सरकारमा एमाले, कांग्रेस, जसपा र लोसपा सहभागी छन्। प्रधानमन्त्रीले आइतबार विश्वासको मत लिँदैछन्।
प्रकाशित: ३ साउन २०८१ १२:१९ | Thursday, July 18, 2024
प्रतिक्रिया



